मेष- चू,चे,चो, ला,ली,लू,ले,लो,अ
तपाईंको द्वितीय भावमा प्रकाशवान चन्द्रमा गोचरमा छ। तपाईंको बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ। उत्तम भोजन प्राप्त होला साथै धनलाभ पनि रहला। आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त होला।
वृष- ई,उ,ए,ओ,वा,वी,वु,वे,वो
गोचरमा चन्द्रमा तपाइको चन्द्रलग्न माथी आएको छ। उक्त अवधीभरी तपाइको दिन अनुकुल रहनेछ। गोचरमा चन्द्रमा तपाइको चन्द्रलग्न माथी आएको छ। उक्त अवधीभरी तपाइको दिन अनुकुल रहनेछ। सुख र आनन्द प्राप्त हुनेछ। वस्त्र, आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ। मन प्रसन्न रहला।

मिथुन- क,की,कु,घ,छ,के,को,ह
तपाईंको लागि उक्त अवधी अनुकुल नरहला। तपाईंको अनावश्यक यात्रा तथा खर्च हुनसक्छ। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। व्यार्थ को कार्यमा आफ्नो उर्जा, समय र पैसा को खर्च हुनसक्छ।
कर्कट- हि,हे,हु,हो,डा,डी,डू,डे,डो
व्यापार व्यवसायमा लाभ प्राप्त होला। धनलाभ होला
उत्तम भोजन प्राप्त हुनसक्छ र सन्तानबाट पनि सन्तुष्टि
प्राप्त हुनसक्ला। स्त्री बाट पनि सहयोग मिल्न सक्छ ।
सिंह- मा,मी,मू,मे,मो,टा,टी,टु,टे
कार्यसिद्धि होला मानसम्मानमा वृद्धि होला। स्वास्थ्य ले पनि साथ देला साथै उच्च अधिकारी बाट पनि साथ र हौसला मिल्ला। तपाईंको कार्यको तारीफ हुनसक्छ।
कन्या- टो,पा,पी,पू,ष,ण,ठे,पे,पो
चन्द्रमा प्रकाशवान भएर तपाइको नवम भावमा गोचर मा छ। तपाईंको लामो दूरीको यात्रा सफल रहनेछ। भाग्यले साथ दिनेछ। यो अवधिमा गरिएका हरेक यात्राहरू पूर्ण सफल रहनेछ। तपाईंको कार्यसिद्धि हुनेछ। उक्त अवधिमा धार्मिक स्थलहरूको भ्रमण तथा दर्शन गर्नु र दान दक्षिणाको लागि उत्तम समय रहनेछ।
तुला- रा,री,रू,रे,रो,ता,ती,तू,ते
धन लाभ प्राप्त हुनसक्छ। व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। दाम्पत्य सुख र आफ्नो पार्टनर बाट सुख प्राप्त हुनेछ। सुखद यात्रा पनि हुनसक्ला। स्वास्थ्यले साथ देला।
वृश्चिक- तो,ना,नी,नू,ने, यो,या,यि,यु
व्यपार व्यवसाय अदि क्षेत्रमा गरेको लगानिले राम्रो आम्दानी दिनेछ ।दिन रमाइलो बित्नेछ । परिवारजन सँगको सम्बन्ध प्रगाढ बन्नेछ।
धनु- ये,यो,भा,भी,भू,धा,फ,ढ,भे
मन प्रसन्न रहला। धन र स्वास्थ्य लाभ को साथै सुख प्राप्त होला। शत्रुमाथि विजय प्राप्त हुनेछ। तर यो समय अवधिमा ब्याय मा वृद्धि हुनसक्छ।
मकर- भो,जा,जी,जू,खि, खा,खु, खो, गा,गि
पढाइमा तथा प्रेममा सफलता, मन प्रसन्न रहला। रचनात्मक तथा कलाकारितामा मन जाला। सन्तानबाट सन्तुष्टि प्राप्त होला।
कुम्भ- गू,गे,गो,सा,सी,सू,से,सो,द
तपाईंको मन अशान्त तथा निराश रहन सक्छ। पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। यो अवधिभरि कसैसँग विवाद तथा झगडा नगर्नुहोस
मीन- दा,दु,थ,झ,दे,दो,चा,चि
सुख र धनको प्राप्ति हुनेछ। नयाँ वस्त्र प्राप्त हुनसक्छ। आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्ला। स्वास्थ्यले साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ। पराक्रम मा वृद्धि होला। तपाईंको समय उत्तम सिद्ध हुनेछ। छोटो दूरीको सुखद यात्रा हुनसक्छ।