बुढेसकाल लगेसी कपाल फुल्दै जानु स्वाभाविक मानिन्छ । तर कसैको युवावस्थामै कपाल फुल्छ र उमेरभन्दा बुढा देखिन थाल्छन । पुरुषहरुको कपाल कन्चटको भागतिरबाट फुल्न सुरु गर्छ र महिलाहको चाही टाउकोको दायाँबायाँमा बाट कापल फुल्न सुरु गर्छ ।
कपाललाइ फुल्न बाट जोगाउन मानिस हर विभिन्न औसधि र उत्पादन प्रयोग गर्छन् । तर ति औसधीहरुमा केमिकल मिसिएका हुन्छन् । जसले गर्दा हाम्रो कपाललाई नोक्सान पुर्याउन सक्छन ।
युवा आबस्थमै कपाल फुल्ने केहि मुख्य कारणहरु :
१. मानसिक तनावको कारण कपाल छिटै फुल्ने गर्दछ ।
२. भिटामिन D ,भिटामिन B 12 , जिङ्क, फलाम तत्व र क्याल्सियमको कमी ।
३. कुनै दीर्घरोग छ भने पनि छिट्टै कपाल फुल्न सक्छ ।
४. नियमित औषधीको सेवन ।
५. थाइराइड तथा रक्त अल्पताले पनि कपाल छिटै फुल्दछ ।
६. पेटको गडबडी आथवा पेटसम्बन्धि अरु कुनै रोगका कारणले पनि युवा आबस्थमै कपाल फुल्दछ ।
७. धुमपान र मद्यपान सेवन पनि कापल फुल्ने कारण हुन सक्छ ।
८. जंक फूड धेरै खाने व्यक्तिको कपाल छिटै फुल्ने गर्दछ
९. वातावरण प्रदूषणको असरले पनि उमेर नपुग्दै कपाल फुल्दछ ।
समाधानका उपायहरु :
१. कपाल छिटै फुल्नु को मुख्य कारण तनाब नै हो तेसैले तनाब कम लिनुहोस्
२. कपालमा अनावस्यक औसधि र उत्पदानको प्रयोग नगर्ने
३. धुलो धुवामा हिड्दा कपालमा ढाक्ने
४. भिटामिन डि र बि १२ युक्त खाना खाने
५. धुम्रपान तथा मध्यपन सेवन नगर्ने
६. जंक फूड धेरै नखाने
७. समयमा नै कापल समन्धी चिकित्सकको सुझाब अनुसार कपाल को हेरचाह गर्ने