केहि समय पहिले पशुबलि निषेध चेतना अभियानद्वारा आयोजित वक्तृत्वकलामा “अहिंसा र सकाहार” विषयमा मैले पनि भाग लिएको थिएँ, त्यहाँ प्रस्तुत गरेका मेरा भनाइहरु जस्ताको तस्तै यहाँ लिखित रुपमा प्रस्तुत गर्दै छु ।
वक्तृत्वकला यसरी सुरु हुन्छ :
यो बिसयमा बोल्न पाउँदा एकातिर खुसि छु तर यस्तो विषयमा बोल्नु परेको छ जसले मानव जातिलाई उत्कृष्ट प्राणिको दर्जा वाट एक तुच्छ प्राणिको दर्जा दिनुपर्ने अवस्था सिर्जना भएको छ । महोदय , म यो किन भनीरहेकोछु भने मानिसको क्षणिक स्वाद पूर्तिका निम्ती विचरा ति अवोध बोल्न भाग्न र आफ्नो पिडा व्यक्त गर्न नसक्ने प्राणिहरु लाचार भएर धारिलो हतियारको मूनि गर्धन थापेर बसिदिन्छन् र मानिसहरु यसको फाइदा उठाउँदै तिनीहरुको शरिरको चोक्टा चोक्टा लुच्छ्दै उत्सव मनाउछन्
म यहा काटमार गरेर मासु खानुलाई मात्र हिंसाको नाम दिइरहेको छैन, जीवीत प्राणि लाई कुनैपनि प्रकारको शारिरीक वा मानसिक यातना दिनु नै हिंसा हो । आज आफ्नै मालिकहरु ले बुढि भएर दुध दिन नसकेका गाईहरुलाई सहरका सडकमा विजोक अवस्थामा छोडिदिन्छन् । बञ्चरोले थाप्लोमा हानेर मःम को डल्ला बनाउनकै निमित्त भैसिहरु लाई नाक छेडेर डोरिले वाधेर सहर सम्म लेराएका दर्दनाक दृश्य म हेर्न त के यहा व्यक्त गर्न पनि असमर्थ छु।
पृथ्वी सबैको साझा घर हो। पृथ्वीमा मानिसको जति अधिकार छ त्यतिनै अधिकार अरु प्राणिहरुको पनि छ तर भूर्र भूर्र आकासमा उड्ने चरा बुर्लुक्क बुर्लुक्क जङ्गलमा उफ्रने जनावरहरुका अधिकार खोसेर चिडीयाखाना(zoo)मा वन्धक बनाउछन् केवल रमाइलो दृश्य निम्ती । यि सबै हिंसाका पराकाष्ट हुन्।
यो जगतक सम्पूर्ण प्राणिहरु भगवानका सन्तान हुन् तर पशु हरुलाई मन्दिरको अगाडि तड्पाइ तड्पाइ मूर्तिमाथी रगतको खोला बगाइन्छ । के भगवानले आफ्नै सन्तानको यसरी विभत्स हत्या भएको हेर्न चाहानु हुन्छ होला र ? पक्कै पनि चाहानु हुन्न ।आफ्नो निजी स्वार्थ पुरा गर्न का निमित्त भगवानको नाममा पशुवलि दिनुको पछाडि कुनैपनि शास्त्रीय तर्कहरु अर्थहिन् छन्।
के ती पशुहरुको स्वतन्त्र रूपमा वाच्न पाउने अधिकार छैन? अन्य प्रणिको जिवन केवल मानव स्वार्थ पूर्तिको निम्ती मात्र अस्तित्वमा रहेको हो ? र अन्तिम प्रश्न सरकार लाई पनि, गौ हत्याका भिडियो हरु सामाजिक संञ्जालमा छर पष्ट छन्। आमा भनेर पुजिने दशको राष्ट्रिय जनावर समेत रहेको र संविधानमा समेत वर्जित गरिएको गौ को विभत्स हत्या गरेर पापीहरुले सार्वजनिक रुपमै सरकार लाई चुनौती दिइरहदा सासनको आसनमा विराजमान सत्ताधारीहरु टुलु टुलु हेरेर वसिरहेका छन् वहा सरकार वाहा यहि हो तिम्रो राष्ट्रिय जनावर प्रतिकी दायित्व ?
शाकाहारी बन्नु र पशु हिंसा नगर्नुमा मानव सम्बेदना र धर्मको मात्र कुरा जोडिएको छैन । साकाहारी र मांसहारि को विषयमा भएको oxford विश्व विद्यालय को एक अध्ययन अनुसार हामिले जति प्रोटिन १०० रुपयाँ वरावरको मासुमा पाउछौ त्यती नै प्रोटिन 30 रुपयाँ को साग सब्जीमा पाउछौ । अव भन्नुस कुन ठिक ?
अर्को एक अध्ययन ले यो पनि पुष्टि गरेको छ कि साकाहारी को तुलनामा मांसहारी मानिहरु लाई धेरै प्रकारको रोग लाग्ने गरेको छ । संसारमा फैलिएको अधिकाङ्स माहामारि हरु मांसहारकै कारणले फैलिएको छ। यसको जलन्त उदाहारण कोरोना भाइरस लाई लिन सकिन्छ ।
साकाहारि भोजनले शारिरिक र मानसिक वृद्धि विकास हुदैन भन्ने महाजन हरुका लागि एउटा तथ्य प्रस्तुत गरेर शब्दको झापड हान्न चाहन्छु, लियोनार्दो दा भिन्ची , सेक्सपिएर , अरस्तु जस्ता सयौं बुद्धि जीवी हरु शाकाहारीनै थिए । यहि बाट पनि पुष्टी हुन्छकी We are what we eat आर्थत हामी जस्तो खाना खान्छौ त्यस्तै बन्छौ।
र अन्त्यमा यो भन्न चाहन्छु कि जनावरको छाला वाट बनेको पेटि कम्बरमा मस्काएर अहिंसा नै परम् धर्म हो भन्दै मञ्चमा खडा भएर धारा प्रवाहा तर्क प्रस्तुत गर्दैमा हिंसा अन्त्य हुदैन महोदय यसलाई व्यवहारमा लागु गरिनु पर्छ र कानुमा उल्लेख गरिनु पर्छ। मानव जातिले अन्य प्राणिहरु प्रति आत्मिए व्यवहार जगाइ समाजलाई हत्या हिंसा मुक्त बनाउनु पर्दछ । यो हाम्रो दायित्व हो।
प्रकृतिले हामिलाई नयाँ नयाँ सृजनाका निम्ती दिएको हात कुनै प्राणिलाई दुख कष्ट दिनका लागि प्रयोग नगरौ वलि दिनु छ भने आफ्नो क्रोध र दुर्गुण को वलि दिउ कुनै अवोध पशुको होइन । धन्यबाद
नाम : निश्चल धौराली
ठेगाना : पलुङ्गटार , गोर्खा