किन उम्रिन्छ हाम्रो शरीरमा काँडा ?

Afnokhabar.com

कुनै कुरामा खुसि हुँदा , कुनै कुरामा डर उत्पन्न हुँदा , खतराको महसुस हुँदा वा जाडो हुँदा हाम्रो शरीरमा भएका रौ हरु उठ्न थाल्छन जसलाई हामी काँडा उम्रेको भन्छौ। शरीरमा काँडा किन उम्रिन्छ त ? आउनुहोस चर्चा गरौँ

बेलायती डाक्टर डेनियल निडिस भन्छन जब मानिसमा अचानक डर वा खुसि उत्पन्न हुन्छा तब हाम्रो शरीर भित्रको एड्रिनालिन ग्रन्थीबाट एड्रिनालिन हर्मोन पैदा हुन्छ। उक्त होर्मोंको कारण हाम्रो सरिर को रौ को फेदमा भएको मांसपेशी खुम्च्याइदिन्छ जसको कारण रौँ को तल्लो भाग मा रहेको तन्तुहरु ठाडो हुन्छ फल स्वरुप सरिर मा काँडा उम्रिन्छ।
मानिसको जस्तै जनावर हरुको सरिर मा पनि काँडा उम्रिन्छ तर उनीहरुको रौँ बाक्लो हुने भएकाले हामी देख्न भने सक्दैनौ। कुनै कुनै जनावर हरु त खतरा महसुस हुनासाथ काँडा उठाई दुस्मन लाई डर देखाउने गर्दछन।


Afnokhabar.com
Scroll to Top