धेरैजसो मानिसको मुख, जिब्रो र ओठमा सना साना बिबिरा, फोकाहरु आइरहने समस्या देखिन्छ। जिब्रो,ओठ र गिजामा समेत बिबिरा आउँछ। यस्ले गर्दा खाना खान र बोल्न समेत गाह्रो हुने गर्छ ।
यसरी मुख र जिब्रोमा घाउ आउनुको प्रमूख कारण शरीरमा पोषणको कमी , भिटामिन B, C, आइरन तथा प्रोटिनको कमी नै हो । साथै तातो र मसल भएको खानाको कारणले पनि यस्तो समस्या देखा पर्दछ ।
समाधान :
१. पानी धेरै पिउने
२. बढि चिसो वा तातो नखाने
३. फलफूल तथा सागपातमा जोड दिने
४. मनतातो पानीमा फिड्किरि राखेर दैनिक ३ देखि ४ पटक मुख कुल्ला गर्ने
५. चिल्लो खाना नखाने
६. बिहाना उम्रको गेडागुडी खाने
७. घाउ र बिबिरा भएको ठाउँमा मौरिको मह लगाउने
८. निमको पात मुखमा राख्ने र चपाउने
९. बदामलाइ पानिमा भिजाएर खाने
१०. मनतातो पानीमा तुलसीको पात राख्ने र कुल्ला गर्ने
यति गर्दा पनि घाउ निको नभएमा सम्बन्धित डाक्टरसँग परामर्श लिने र डक्टरले भनेबमोजिम आौसधिको प्रयोग गर्ने