मानिस को पहिलो आकर्सण उस्को अनुहार नै हो तर आजभोलि बढ्दो अव्यवस्थित शहरीकरणले गर्दा धूलो, धुवा, घाम र प्रदूषणले हाम्रो अनुहारको छालामा नकारात्मक असर पार्दैछ, जसको कारण हाम्रो आनुहरमा दाग, धब्बा, डन्डीफोर (पिम्पल) आउने गर्दछ।त्यस्ता दाग धब्बा र पिम्पलस् हटाउन हामीले दैनिक जसो विभिन्न फसवास र औसधि हरु को प्रायोग गर्ने गर्दछौ , यदि हामीले फसवास प्रयोग गर्दा ध्यान दिएनौ भने अनुहार झन् झन् कुरुप हुदै जाने खतरा बढ्न सक्छ। त्यसैले अनुहारको छाला स्वस्थ र सुन्दर राख्नका लागि केही फेसवास गर्ने उपायहरूको बारे यहाँ जानकारी दिन गइरहेका छौं।
अनुहारको छाला स्वस्थ र सुन्दर राख्नका लागि केही फेसवास गर्ने उपायहरू :
१. आफ्नो छालाको प्रकारअनुसार फेसवास छान्ने
हरेक व्यक्ति को छालाको प्रकार फरक फरक हुने भएका ले आफ्नो छालाको प्रकारअनुसार फेसवास छान्नुपर्छ।तेलीय छाला (oily skin )का लागि नीम, एलोभेरा र मिन्टको फेसवास उपयोगी हुन्छ। सुख्खा छाला(dry skin ) का लागि केसर, मिल्क एण्ड हनीको फेसवास उपयुक्त हुन्छ। डेड स्किनका लागि स्क्रब युक्त फेसवास प्रयोग गर्न सकिन्छ। तर यदि हजुरलाइ आफ्नो छाला को प्रकार थाहा छैन भने हर्बल फेसवास राम्रो विकल्प हो किनकि यसले कुनै साइड इफेक्ट गर्दैन।
२. अत्यधिक तातो वा चिसो पानी प्रयोग नगर्ने
फेसवास गर्दा अत्यधिक तातोपानी प्रयोग गर्नु हुँदैन, यसले छालाका केसीका हरु नस्ट गर्न सक्छ। यस्तै, अत्यन्त चिसो पानी पनि अनुहारको लागि उपयुक्त हुँदैन। फेसवासको लागि मनतातो वा ताजा पानी प्रयोग गर्नुपर्दछ ।
३. हल्का र आरामदायी तरिकाले अनुहार सफा गर्ने
अनुहार सफा गर्दा हल्का र आरामदायी तरिकाले सफा गर्नुपर्छ। धेरैजसो मानिसले अनुहारलाई बलपूर्वक रगडेर सफा गर्नुपर्छ भन्ने सोच्छन्, तर यो गलत कुरा हो। किनकि यसो गर्दा छालाको बाहिरी नरम पत्र हट्न सक्छ र छाला सुख्खा हुन्छ।
४. सफा कपडा प्रयोग गर्ने
अनुहार फेसवास गरिसकेपछि सफा कपडा ले पुछ्नु पर्छ । जोरले पुछ्दा बाहिरी छालामा असर पर्न सक्छ, जसले छालालाई घामको प्रत्यक्ष सम्पर्कमा ल्याउँछ। छाला विशेषज्ञहरूका अनुसार १ दिनमा दुईपटकभन्दा बढी अनुहार पुछ्नु हुँदैन।
५.मेकअप हटाउने
धेरै मानिसहरूले मेकअप गरिसकेपछि हटाउने काममा ध्यान दिँदैनन्, मेकअप नहटाउँदा छालामा क्षति हुन सक्छ। सौन्दर्यको हिसाबले मेकअप हटाउनु आवश्यक छ, जसले गर्दा छालाले राम्रोसँग अक्सिजन पाउन सक्छ।
६. पटक पटक फेसवास नगर्ने
दिनमा बिहान र बेलुका दुईपटक फेसवास गर्नु छालाको लागि राम्रो मानिन्छ। पटक पटक फेसवास गर्दा छालामा असर पर्न सक्छ। यदि मेकअप वा सनस्क्रिन प्रयोग गरिएको छैन भने, राति फेसवासको सट्टा जेल वा पानीले मात्र अनुहार धुन सकिन्छ।