बैतडीमा आज दशैं मनाउन घर जादै गरेका एक मजदुरलाइ महाकाली नदीले बगाएको छ। बैतडीको पुर्चौडी नगरपालिका ५ का ३३ वर्षीय अमरसिंह धामीलाइ आज महाकाली नदि ले बगाएको हो।
भारतबाट मजदुरी गरेर दशैंको लागि घर फर्किरहेका अमर धामी लाइ दशरथचन्द नगरपालिका-८ झुलाघाट बसपार्क नजिकैबाट महाकाली नदिले बगाएको हो।
“उनि आज बिहान ११ बजे बस चढ्न लाग्दा एक्कासी चिप्लिएर महाकाली नदीमा खसेका थिए ” – बैतडीका प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।
उनको खोजि कार्य का लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ तर आझै सम्म पनि उनलाई पत्ता लगाउन सकेको छैन ।
हिजो देखिको लगातार वर्षाको कारण महाकाली नदिको बहाव बढेको छ र पानी पनि धमिलो भएको छ। एसले गर्दा खोजि कार्यमा बाधा पुगेको छ।