पढ्नुहोस् आज आइतबारको राशिफल

Afnokhabar.com

काठमाडौं । आज २०८१ असोज ६ गते ।  आइतबार तदनुसार सन् 2024 September 22 ।  आश्मीन कृष्ण पक्ष । पञ्चमी तिथि।  विश्व शान्ति दिवस। 

नक्षत्र अनुसार १२ मेस देखि मिन सम्म वटा राशि हुन्छन्। चन्द्रमाको भाव अनुसार राशि निर्धारण गरिएको हुन्छ र नक्षत्रका पद अनुसार नामाकरण गरिन्छ । यस्कै आधारमा मानिसको दैनिकीको भविष्यवाणी गरिन्छ। 

ज्योतिष पण्डित निश्चल धौरालीले तयार पार्नुभएको आजको राशिफल 

मेष :   भाग्यको उदय हुनेछ। लगानीका स्रोत बढ्नेछन्  । परिवार र साथीभाइको  सहयोग र साथले काम बन्नेछन् । प्रेमि प्रेमिकामा सम्बन्ध प्रगाढ बन्ने छ।

वृष : सामाजिक र राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । खानपानमा विशेष ध्यान दिनुहोला । बोलिको प्रभावले रोकिएको काम बन्नेछन्  

मिथुन : सुन चाँदी  जस्ता धातुमा गरेको लगानीबाट फाइदा हुने योग छ। सरकारी पदमा हुनुहुन्छ भने  बढुवा हुने सम्भावना देखिन्छ । परिवार भित्र सामान्य झैझगडा उत्पन्न हुन सक्छ।

कर्कट : आजको दिन लामो यात्रा नगर्दा राम्रो हुनेछ । शत्रु बढ्ने योग छ । परिवार र मान्याजनको सुझाव लिएर अघि बढ्नुपर्ने देखिन्छ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।

सिंह :  हिजो नै बनेका योजना अनुरुप काम हुनेछन् । तपाईको कार्यकुशलताको कदर हुनेछ। राज्यको माथिल्लो निकायको सहयोग मिल्ने योग छ । पारिवारिक प्रेममा भने सामान्य झैझगडा उत्पन्न हुन सक्छ।

कन्या : व्यपार व्यवसायअदि जुनसुकै क्षेत्रमा लगानी गरे पनि राम्रो आम्दानी हुने देखिन्छ ।दिन रमाइलो बित्नेछ । परिवारजन सँगको सम्बन्ध प्रगाढ बन्नेछ।

तुला : आज तपाईँको । शत्रु बढ्ने योग छ। राजनीतिक आडमा  काम बन्ने देखिन्छ। आजको दिन  थोरै बोल्नु उत्तम हुने छ।

वृश्चिक : आम्दानी बढ्नेछ दिन छ । सानो कुराले मन छटपटी हुन सक्छ । साथिभाई वा परिवारमा सम्बन्ध बिग्रिन सक्छ थोरै बोल्नु होला ।

धनु : शेयर तथा अन्य आर्थिक कारोबारमा फाइदा हुने योग छ‌ । साथीभाइले सहयोग गर्ने छन् । प्रेम सम्बन्ध थप प्रगाढ बन्ने छ। 

मकर : बौद्धिक व्यक्तिसँग अन्तरक्रिया हुनेछ । आफ्नै संगठनका साथीहरु बाट आलोचित हभइन सक्छ । दिन सोचेअनुसार नबित्न सक्छ ।

कुम्भ : पुराना मित्रहरुसँग भेटघाट हुने योग छ‌ । पिपलमा पानी चढाउनाले  दिन राम्रो बित्ने छ । पारिवारिक सम्बन्ध प्रगाढ बन्ने छ।

मीन : आज तपाइको ग्रहण योग परेकाले आफुलेपाउने सेवा अरुको हातमा जान सक्छ । कार्यमा  प्रश्नको सामना गर्नु पर्ने देखिन्छ। गणेश भगवानको आराधाना गरे दिन रम्रै बित्न सक्छ ।


Afnokhabar.com
Scroll to Top