माङ्गलिक दोषको कारण आउन सक्छ पति पत्नीको सम्बन्धमा दरार। यी हुन् निवारणका उपायहरु

Afnokhabar.com

माङ्गलिक दोष मंगल ग्रहको कारण लाग्ने गर्छ। मङ्गल ग्रहको उत्पत्ति सम्बन्धमा अनेक किवदन्तीहरू पाइन्छन्।स्कन्द पुराणको अवन्तिका खण्डमा लेखे अनुसार अन्धकासुर दैत्यले कठोर तपस्या गरेर भगवान् महादेव बाट वरदान प्राप्त भएको थियो। अन्धकासुरले आफ्नो रगतबाट अरु हजारौं दैत्यहरूको जन्म हुने वरदान पाएका थिए। वरदान पाएर अन्धकासुरले अवन्तिकामा राज गर्न थाले। उस्ले त्यहाँ आतंक मच्चाउन थाले । त्यसपछि सबैले भगवान् शिवको प्रार्थना गरे, भगवान शिवले भक्तहरूको संकट दूर गर्नको लागि अन्धकासुरसंग भीषण युद्ध गरे । भगवान् शिवको शरीरबाट पसिना निस्कियो र एक थोपा पसिना धर्तीमा खस्यो । पसिनाको तेजले प्राचीन नगर अवन्तिका को धर्ती दुई भागमा फाट्यो र धर्तीमाताले पसिनालाई आफ्नो गर्भमा धारण गर्नु भयो। उक्त गर्भबाट मंगलको जन्म भयो।यसरी धर्तीको गर्भबाट मङ्गलको जन्म भएकोले यसलाई धर्तीपुत्रको नामले पनि चिनिन्छ ।

माङ्गलिक दोषको असरहरु :
माङ्गलिक दोष मङ्गल सँग सम्बन्धित हुन्छ। जन्मकुण्डलीमा मङ्गल १, ४ , ७ , ८ , र १२ भावमा स्थित छ भने माङ्गलिक दोष रहेको मानिन्छ। माङ्गलिक दोष भएको मानिसमा पारिवारिक तथा वैवाहिक जीवनमा नकारात्मक प्रभाव पर्छ।

माङ्गलिक दोषको कारण पति पत्नीको सम्बन्धमा दरार आउन सक्छ

माङ्गलिक दोष निवारण गर्ने तरिका :

  • दैनिक रुपमा हनुमान चलिसाको पाठ गर्ने
  • मंगल ग्रह शान्ति पुजा गर्ने
  • २८ वा ३२ बर्ष पछि बिहे गर्नाले पनि माङ्गलिक दोष निवारण हुनेछ
  • विवाहपूर्व पुरुष भएमा आँकको वृक्षसँग र स्त्री भएमा बेल वा वरको वृक्ष सँग विवाह गरेमा यसको नकरात्मक प्रभाव कम हुन्छ।
  • विवाह पश्चात् पुनः नाम परिवर्तन गरेर विधि पुर्वक विवाह गरेमा पनि माङ्गलिक दोषको नकारात्मक असर कम हुन जान्छ ।
  • माङ्गलिक दोष भएका मानिसले माङ्गलिक दोष नै भएकोसँगै विवाह गरेमा पनि दोष काटिने छ ।

यी उपायहरू अपनाउनु भन्दा पहिले विज्ञ ज्योतिषीबाट वर र बधुको कुण्डलीमा भएको गुण र दोष हेराउनु होला।


Afnokhabar.com
Scroll to Top