केक खाँदा क्यान्सर हुने खतरा

Afnokhabar.com

जन्मदिन,ब्रतबन्ध , बिबाह वा अरु कुनै उत्सब, हामीले केक काटेर मनाउने गर्दछौ । तर हामीलाई यो थाहा छैन कि लामो समय सम्म केक को सेवन ले हामीलाई क्यान्सर समेत हुन सक्छ। हालसालै भएको एक अनुसन्धान अनुसार हामीले प्रयोग गर्दै आएका केकमा Sunset Yellow FCF र अल्लुरा रेड मिसाउने गरेको पाईएको छ ।उक्त पदार्थ हरु केकको रङ गाढा र राम्रो बनाउन प्रयोग गरिन्छ। हामीले केक मा विभिन्न प्रकारका डिजाइन बनाउन अर्डर दिइन्छ जुन डिजाईन बनाउन बनाउन स्याकरिन जस्ता कृतिम स्वीटनर प्रयोग गरिन्छ, जुन निकै खतरनाक हुन्छन।

अनुसन्धान गर्दा केकमा सनसेट येलो एफसीएफ फेला परेको छ, जसलाई केकको रंग गाढा बनाउन प्रयोग गरिन्छ।

यसको ज्यादा प्रयोगले क्यान्सर निम्त्याउन सक्छ। केक मा आबस्यकता भन्दा बढी मात्रामा सनसेट येलो एफसीएफ प्रयोग गर्नाले क्यान्सरको खतरा बढ्न सक्ने उक्त अनुसन्धान ले प्रमाणित गरेको छ।

सनसेट येलो एफसीएफ , अल्लुरा रेड, पोन्सो फोरआर, टार्ट्राजिन, कार्मोसिन जस्ता पदार्थ पनि केक मा थपिएका हुन्छन, जसले क्यान्सरको जोखिम अझै बढाउन सक्छ। यी पदार्थहरुले अन्य शारीरिक तथा मानसिक समस्या पनि निम्त्याउन सक्ने पनि अनुसन्धान ले जनाएको छ।

स्वास्थ्य नै सबै भन्दा ठुलो धन हो , त्यसैले केकको धेरै सेवन गर्न आजै बाट छोडौ , समयमै यो कुरा बाट बच्न सकिएन भने हाम्रो शरीरमा डर लाग्दा रोग हरु लाग्न सक्छन ।


Afnokhabar.com
Scroll to Top