हृदयघात अर्थात् heart attack बाट बच्न डक्टरले नै राम्रो खानपान र व्यायाम गर्न सल्लाह दिन्छन् तरपनि राम्रो खाना र नियमित जिम (gym) गर्ने व्यक्तिहरुले समेत Heart attack को कारण ज्यान गुमाइरहेका छन् ।
जिम गर्ने फरक फरक तरिकाले यस्मा प्रमुख भुमिका खेलेको हुन्छ । जिम कसरी गर्ने भन्ने थाह नपाउँदा यस्तो घटना घट्ने गर्दछन्। आजभोलि युवा अत्यधिक जिम जान मन पराउछँन् तर केही सामान्य गलन्तिका कारण Heart attack रोगको सिकार बन्ने गरेको पाइएको छ ।
सामान्य प्रकारको व्यायाम तथा workout ले शरीर फिटनेस राख्छ तर आवश्यकभन्दा गह्रौँ , शरीरको क्षमता भन्दा बढी वजन उठाउने, आवश्यकता भन्दा धेरै समय जिम गर्ने कारण शरीर र मुटु दुबैमा नराम्रो प्रभाव पर्न जान्छ।
जिम (gym) गर्दा ध्यान दिनुपर्ने कुराहरु:
– ट्रेड मिल वा अरु कुनै कार्डियो एक्सरसाइजमा एकपटकमा बढिमा ८ देखि १० मिनेट समया दिनुहोस् ०
– पहरेक कार्डियो एक्सरसाइजपछि ३ देखि ५ मिनेट आराम गर्नुहोस्
– ट्रेनरको सल्लाह अनुसार gym को समयअवधि निर्धारण गर्नुहोस्
– व्याम वा जिम गर्दा गर्दै छातीको देब्रे तिर कुनै पनि किसिमको पीडा महसुस भयो भने तुरुन्त जिम गर्न बन्द गर्नुहोस् ।