किन जति कमाए पनि पैसा बचत हुँदैन ? यस्ता छन् कारण

Afnokhabar.com

के तपाईँको जति पैसा कमाए पनि पैसा बचत हुँदैन ? आउनुस् आज के कारणले गर्दा तपाईंको पैसा बचत हुँदैन यस विषयमा चर्चा गरौं। कति धेरैको समस्या छ कि जति पैसा कमाए पनि आज पैसा हुन्छ एउटा सानो काम गर्यो त्यो काम सकिन पाएको हुँदैन तपाईंको पकेट खाली हुन्छ । के कारणले गर्दा यस्तो हुन्छ त भन्ने कुराको आज मैले उल्लेख गर्न गइरहेको छु। तपाईंहरूको लागि यो सन्देशमूलक हुनेछ भन्ने आशा गरेको छु।
जति पैसा कमाए पनि अभाव हुनुका कारणहरू :
यदि तपाईंको घरमा चमेरो आएर बस्छ भने त्यसलाई धार्मिक शास्त्र अनुसार त्यति उचित मानिँदैन। चमेरो आएर घरमा बसेको छ भने तपाईं मान्नुस् तपाईंले जति कमाए पनि तपाईंको घरमा लक्ष्मीले बास गर्न सक्दीनन् ।

त्यस्तै यदि तपाईँले कोही मरेका आफन्तीहरूको फोटो पकेटमा राखेर अथवा पर्समा राखेर हिँड्नुभएको छ भने यसलाई पनि राम्रो मानिँदैन यसरी मरेको मानिसको फोटो बोक्नाले तपाईँलाई आर्थिक क्षति पुग्न जाने विश्वास छ।
त्यस्तै तपाईंले आफूले कमाएर लिएर आएको पैसा सुत्नु अगाडि गन्ने गर्नुभएको छ भने आजै रोक्नुस्।
प्यारे महोदय यति मात्रै होइन। तपाईँले जुठो हातले टाउको कनाउने गर्नुभएको छ भने यो पनि त्यति राम्रो मानिदैन
यदि तपाईँले घरमा भाँचिएको काइयो कपालको लागि प्रयोग गर्नुहुन्छ भने यो पनि राम्रो मानिदैन ।यस्तो गर्नाले पनि घरमा लक्ष्मीको बास हुँदैन । तपाईँलाई सधैं अभावै अभावले घेरिरहनेछ ।
यस्तै महत्त्वपूर्ण अर्को कारण चाहिँ महोदय यदि तपाईंहरुले घरमा फुटेको सिसा प्रयोग गर्नुभएको छ भने पनि तपाईहरुलाई आर्थिक अभाव देखिन्छ ।
यसैगरी आफुले खाएको थालमा चुठ्ने मानिसलाई पनि सधैं पैसाको अभाव हुने गर्दछ।
अनि अर्को महत्वपूर्ण कारण भनेको तपाईंले आफूले आर्जन गरेको धनको विषयमा अरुसँग छलफल गर्नुहुन्छ भने धार्मिक शास्त्रले प्रमाणित गरिसकेको छ यस्तो धन पनि टिकाउँदैन ।
त्यसैगरी यदि कसैको दाँतले नङ टोक्ने बानी छ भने यस्ता मानिसहरूलाई पनि आर्थिक अभाव हुने गर्दछ। यस्ता मानिसको पनि खोल्तीमा पैसा बचत हुँदैन ।
यस्तै हिन्दू धर्म अनुसार लक्ष्मी मानिने गौमातालाई जुन पापी मानिसले लात्ताले हान्छ त्यस्ता व्यक्तिलाई पनि लक्ष्मी शुभ हुँदैन
त्यसैगरी मौरी घरमा आएर बस्नुलाई पनि आर्थिक रुपमा राम्रो मानिदैन धन नष्ट हुने संकेतको रुपमा लिइन्छ
माथि उल्लेख गरिएका कारणहरू नगर्नुहुन विनम्र अनुरोध गर्दछु पैसा कमाउन जति महत्वपुर्ण छ पैसा बचाउन त्यति नै महत्वपूर्ण मानिन्छ। धन सम्पत्ति कमाएर होइन जोगाएर चाहिँ धनी बन्न सकिन्छ। त्यसैले माथिका उल्लेख बुँदाहरु पालना गर्नुहुन विनम्र अनुरोध गर्दछु।


Afnokhabar.com
Scroll to Top