धर्मावलम्बीहरूको महान चाड, आफूभन्दा ठूलाबाट आशीर्वाद ग्रहण गर्ने र पारिवारिक मिलनको चाडको रूपमा लिइने दशैं चाड हर्षौलासका साथ हाम्रो घर आँगनमा आइसकेको छ,।आज घटस्थापना अर्थात् आज बाट नवरात्र आरम्भ भएको छ।
दशैंको टीकाको दिनमा लगाइने जमरा घटस्थापनाको दिनमा राखिन्छ नवरात्रीको पहिलो दिन अर्थात् अश्विन शुक्ला प्रतिपदाको दिन जमना राख्ने चलन छ।जमरा राख्नको लागि सर्वप्रथम जमरा राख्ने ठाउँमा दीप कलश गणेश स्थापना गरिन्छजमरा राख्ने ठाउँको नजिक एक कलश राखेर वरिपरि चोखो ठाउँको माटो वा बालुवा राखेर सोडसोपचारले पूजा गरिन्छ।
तत्पश्चात जमरा राख्नका लागि विशेष गरी जौ तथा अन्य अन्नहरू धान गौ मकै जस्ता अन्नहरु पनि मिसाएर राख्ने चलन छ। जुन जमरा राम्रो होस् भनेर दिनदिनै पानी राखिन्छ यसरी नवरात्रको महानवमीको दिन महालक्ष्मीको विशेष आराधना गरिन्छ र मातृशक्तिको पनि आराधना गर्दै जमरालाई दशमीको दिन कुल देवतालाई अर्पण गरेर चढाएर टिकाप्रसादको रूपमा प्रयोग गरिन्छ।
जमरा लगाउनु धार्मिक रूपमा मात्र नभई वैज्ञानिक रूपमा पनि राम्रो छ। सात वा नौ दिनको जमरा पिसेर झोल बनाई नित्य सेवन गरेमा उच्च रक्तचाप क्यान्सर एवं डायबेटिज तथा महिनावारी बिग्रिएको रोगहरूकोमा पनि चिकित्सकहरु यसको सेवन गर्न सल्लाह दिन्छन्। चिकित्सकहरुले पेट आन्द्रा हाट जोड्ने एवं अन्य रोगीहरुलाईयसको सेवन गर्न सल्लाह दिइरहेका छन्।यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ।